Mrityuko Aayu by Rabindra Sameer
Book Overview
पुस्तकको बारेमा
लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ।
खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।
"मृत्युको जन्मबाट सुरु भएर मृत्युको निधनमा सकिएको यो उपन्यास ४ घन्टाको एकै बसाइमा पढेर सकें | लघुकथा शैलीको भाषा, हरेक च्याप्टरमा तिखो व्यंग्य, अरबको अस्पताल, मुर्दाघर, एयरपोर्टदेखि नेपालको एयरपोर्ट, आर्यघाट र गाउँको बर्णनले जो कोहीको आँखाबाट पनि आँशु निस्कन्छ | अन्तिम संस्कारको बोझ अनि गरिबीको सिमान्त स्थति पढ्दा उसले भने झैं – बरु बाँच्न सजिलो लाग्छ | अरब तथा अन्य देशका श्रमिकको प्रतिनिधि उपन्यासको रुपमा मृत्युको आयु पठनीय तथा संग्रहणीय छ | यति सुन्दर सिर्जनाका लागि बधाई छ डा. रबिन्द्र समीर"
-मनोज गजुरेल