पुस्तकको बारेमा
जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन। हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आ-आफ्नै तरिकाले अनुभूत गर्छन्। उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। लेखकले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्न खोज्नुभएको छ।
बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्छ।
पछिल्लो बाहिरी पृष्ठबाट
यो संसार सबै प्राणीहरूको साझा घर हो । ती हजारौं प्राणीहरूमध्ये मान्छे पनि एक हो । अलिकति उच्च चेतना र पछिसम्मको कुरा सोच्न सक्ने क्षमताका कारण सदियौंदेखि मान्छेले अन्य प्राणीहरूमाथि शासन गर्दै आइरहेको छ । ती शासित प्राणीमध्येको एउटा हो- कुकुर ।
मानिसका लागि कुकुर कहिले सुरक्षाकर्मी, कहिले सहयोगी, त कहिले साथी बन्दै आइरहेको छ । अन्य प्राणीभन्दा अलि बढी संवेदनशील कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका संवेदनाहरूलाई उसैको भाषामा प्रस्तुत गरिएको किताब हो- फुर्के । बालबालिकादेखि प्रौढ उमेरसम्मका सबैले पढ्न मिल्ने यो किताब सरल भाषाशैलीमा लेखिएको एउटा कुकुरको आत्मकथा हो ।