Upasachib Sarathi by Sandesh Shrestha, Bikash Kumar Rajak
Book Overview
प्रस्तुत पुस्तक ‘उपसचिव सारथि’ लोक सेवा आयोगद्वारा लिइने सबै सेवा समूहको उपसचिव पदको प्रथम पत्रको
पाठ्यक्रममा आधारित पुस्तक हो। हामी लेखकद्वयले लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा सहभागी हुँदै गर्दा
बजारमा यससँग सम्बन्धित गुणस्तरीय पुस्तकको अभाव महसुस गरेका थियौँ । उक्त अभावलाई पूर्ति गर्नको लागि यस
पुस्तकले भूमिका खेल्नेछ भन्ने अपेक्षा र उद्देश्यसहित हामीहरू स्वयं लोक सेवा आयोगको परीक्षामा सहभागी हुने क्रममा
संकलित सामग्रीहरूबाट अरू प्रतिस्पर्धीहरू पनि लाभान्वित हुन सकून्भन्ने पवित्र मनसायका साथ प्रस्तुत पुस्तक बजारमा
ल्याउने जमर्को गरेका छौँ । यस पुस्तकको भूमिका लेख्दै गर्दा हामीले भन्नै पर्छ कि यो पुस्तक लोक सेवा आयोगको
प्रतिस्पर्धामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई लक्षित गरी लेखिएको परीक्षा केन्द्रित पुस्तक हो ।



































